
सर्लाही, १५ असार– सर्लाहीको ईश्वरपुरामा आइतबार गोली चलेको छ । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा गोली चलेको हो ।
गोली लागी एक जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी छ । झडपमा ८ प्रदर्शनकारी तथा ३ प्रहरी घाइते भएका छन् । स्थानीय बाँके नदीमा अवैध ढुंगागिट्टी उत्खनन्का कारण बनेको खाल्डोमा डुबेर १२ वर्षीय अमित यादवको ज्यान गएको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडमा भएको हो । मृतक परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । अवरुद्ध राजमार्ग खुलाउन गएको प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।