भारतसँगको सम्बन्ध सुधार्छुः ओली

काठमाण्डु टुडे २०७६ असार १४ गते १२:५७ मा प्रकाशित

काठमाण्डु, १४ असार– प्रधानमन्त्री केपी ओलीले आफ्नो सरकार छिमेकी भारतसँग सम्बन्ध सुधारको प्रयासमा रहेको बताएका छन् ।

ओलीले नेपाल–भारत सम्बन्धमा बेलाबेलामा खटपट आउने गरेको चर्चा गर्दै कहिल्यै खटपट नआउने गरी सम्बन्ध सुधार गरिने बताए । ‘भारतसँग राम्रो सम्बन्ध बनाउनुपर्छ भन्नेमा सरकार लागिरहेको छ’, नेपालको पराराष्ट्र नीति सम्बन्धमा परराष्ट्र मन्त्रालयले शनिबार गरेको राष्ट्रिय संवाद कार्यक्रममा ओलीले भने, ‘बेलाबेलामा हुने खटपट अन्त्य हुनुपर्छ ।’ ओलीले नेपाल छिमेकीसहित सबै मुलुकसँग समदुरीमा कूटनीतिक सम्बन्ध राख्न इच्छुक रहेको बताए ।

ओलीले नेपालले सबैको भावनाको सम्मान गर्ने भन्दै कसैबाट हेपिएको महसुस नगर्ने र अरुलाई पनि नहेप्ने स्पष्ट गरे । उनले नेपालका दलैपिच्छेको फरकफरक परराष्ट्र नीति भएकाले कुटनीति कमजोर भएको टिप्पणी गरे । उनले परराष्ट्र नीतिमा सबै दलको समान धारणा बनाउन जरुरी रहेको औंल्याए । ‘सरकारले सबैको भावना बुझेर परराष्ट्र नीति सञ्चालन गर्छ । सबैको भाषा एउटै हुनुपर्छ’, ओलीले भने, ‘सिंगो देश नै परराष्ट्र नीतिमा एक हुनुपर्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us