
मोरङ, १४ असार– सेफ्टी ट्याङकी बनाउने क्रममा खसेर मोरङमा चार जनाको मृत्यु भएको छ ।
मसिजदको चौशालय बनाउने क्रममा जिल्लाको सुनबर्सी नगरपालिका(९, मुस्लिम बस्तीका चार जनाको ज्यान गएको हो । सेफ्टी ट्याङकी बनाउने क्रममा अक्सिनको कमी भएर बेहोस भएका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । अचेत अवस्थामा उपचारका लागि विराटनगर लैजाँदै गर्दा सबैको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । मृत्यु हुनेमा सुनबर्सी नगरपालिका– ९ का ६० वर्षीय मोहम्मद कपिल आलम, १९ वर्षीय सहनवाद आलम, २२ वर्षीय मोहम्मद ओसिब आलम र २५ वर्षका फिरोज आलम रहेको प्रहरीले जनाएको छ । सँगै काम गरिरहेका दाउत मियाँको भने अचेत अवस्थामा रंगेली अस्पतालमा उपचार भइरहेको छ ।