
डोटी, १३ असार– जिल्लाको सायल गाउँपालिका–३ का ३५ वर्षीय कृष्ण विष्ट आफ्नै भाईबुहारी बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।
छोरालाई पिसाब गराउन बिहीबार राति घरबाहिर निस्केकी बुहारीलाई उनले बलात्कार गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता डिएसपी लालबहादुर धामीले पीडितको उजुरीका आधारमा विष्टलाई पक्राउ गरिएको जानकारी दिए । यद्यपि उनले अभियोग अस्वीकार गरेका छन् । आफूले बुहारीलाई जिस्काएको भए पनि बलात्कार भने नगरेको दाबी उनको छ । विष्ट नेपाली सेनामा कार्यरत छन् । हाल उनको दरबन्दी हेटौंडास्थित सुपारीटार व्यारेकमा छ । बिदामा घर गएका विष्ट मदिरामत्त अवस्थामा बुहारीमाथि जाइलागेको आरोप पीडित पक्षको छ ।