
चितवन, १३ असार– भतरपुर महानगरपालिकाका पहिलो मेयर मुक्तिलाल चुकेको ८४ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।
चुके २०३५ सालमा तत्कालीन भरतपुर नगर पञ्चायतको मेयर निर्वाचित भएका थिए । दोश्रो कार्यकालका लागि उनले २०३९ मा पनि मेयर जिते । यस्तै बहुदलीय व्यवस्था पुनस्र्थापनापछि २०४९ सालमा तत्कालीन भरतपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।
वि संं १९९२ साल कात्तिक १ गते गुल्मीको बामीटक्सार जन्मिएका चुकेका एक छोरी र तीान छोरा छन् । यसैबीच मेयर चुकेको निधन भएकामा भरपतपुर महानगरपालिकाकी प्रमुख रेणु दालले शुक्रबार शोक वक्तव्य जारी गर्दै समाजसेवी एवं विकास प्रेमी नेता तथा जनप्रतिनिधि चुकेको निधनले आफू मर्माहत भएको बताएकी छन् । चुकेले भरतपुरको विकासमा पु¥याएको योगदानको कदर गर्दै भरतपुर महानगरले सधैं सम्झिइरहने भन्दै दाहालले मृतक चुकेप्रति रुद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना प्रकट गरेकी छन् ।