गच्छदारका २५ हजार कार्यकर्ता छानिबनमा !

काठमाण्डु टुडे २०७६ असार १३ गते १५:०२ मा प्रकाशित

काठमाण्डु, १३ असार– प्रमुख विपक्षी काँग्रेसले विजय गच्छदारको नेपाल लोकतान्त्रिक फोरमसँग पार्टी एकता हुँदा गच्छदारसँगै आएका २५ हजार कार्यकर्ताको सदस्यता छानबिन गर्ने भएको छ ।


उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा शुक्रबार बसेको समायोजन समिति बैठकले गच्छदार समूहबाट आएकाहरुको क्रियाशील सदस्यता छानबिनका लागि समिति गठन गरेको सो पार्टीले जनाएको छ । गच्छदारले पार्टी एकताका बेला २५ हजार ४ सय ६८ जना क्रियाशिल सदस्यको नाम काँग्रेस नेतृत्वलाई बुझाएका थिए । बैठकपछि काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिमा गच्छदारबाट आएका २ सय महासमिति सदस्यको नामसमेत जिल्लामा अभिलेख अद्यावधिक गर्न जिल्ला समितिलाई निर्देशन दिने समायोजन समितिले गरेको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us