प्रदीप गिरीले भने–केपी ओली विद्वान !

काठमाण्डु टुडे २०७६ असार १३ गते १९:५७ मा प्रकाशित

काठमाण्डु, १३ असार– काँग्रेस सांसद एवं विचारक प्रदीप गिरीले पुस्तकमा कर लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै सच्याउन माग गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले पुस्तकमा कर लगाइँदा पढ्ने संस्कृति नाश भएर जाने चिन्ता व्यक्त गरे । सरकारले बजेटमार्फत आगामी आर्थिक वर्ष २०७६/०७७ मा पुस्तकमा १० प्रतिशत भन्सार कर लगाउने नीति ल्याएको छ । उनले प्रधानमन्त्री केपी ओली विद्वान भएको भन्दै व्यंग्य गरे । ‘पुस्तकका सौखिनहर सत्तारुढ दलमा हुनुहुन्छ’, गिरीले भने, ‘स्वयं देशमा विद्वान प्रधानमन्त्री भएका बेला पुस्तकमा कर किन ?’

गिरीले त्यसै पनि पुस्तक पढुन संस्कृति घटिरहेका बेला सरकारको कदमले त्यस्तो प्रवृक्तिलाई मलजल पुग्ने बताए । गिरीले उपत्यकाका ७५ प्रतिशत पुस्तक पसल बन्द गएको र विगतमा पुस्तक पसल भएका ठाउँमा हाल रक्सी पसल र सुन पसल खुलेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us