प्रधानमन्त्रीले भने– कोही पनि मन्त्री हटाउँदिन

काठमाण्डु टुडे २०७६ असार १३ गते ११:३७ मा प्रकाशित

काठमाण्डु, १३ असार– प्रधानमन्त्री केपी ओलीले मन्त्री मण्डल पुनर्गठन नहुने स्पष्ट गरेका छन् ।

kp oli-prachanda
प्रधानमन्त्रीकै सचिवालयका केही व्यक्ति र सरकारमा नरहेका नेकपाका नेताले स्रोतको हवाला दिँदै विभिन्न मिडियामा मन्त्रिमण्डल पुनर्गठनको समाचार लेखाउँदै आएका छन् । नेकपा अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डले मन्त्रिमण्डल हेरफेर हुनै नसक्ने विषय नभएको भन्दै त्यसमा प्रधानमन्त्रीको निर्णय अन्तिम हुने बताउँदै आएका छन् । प्रधानमन्त्री ओलीले मातृका यादव, लालबाबु पण्डितसहित केही मन्त्री हटाउन कोसिस गरेका थिए । तर, प्रचण्डेल दिएनन् । पछिल्लो समय फेरि मन्त्रिमण्डल पुनर्गठनको हल्ला चलिरहेको छ । यद्यपि प्रधानमन्त्रीले मन्त्रीहरुलाई सामूहिक रुपमै राखेर कसैलाई हटाउने योजनामा आफू नरहेको बताएका छन् । ‘म तपाईंहरु कसैलाई पििन हटाउने योजनामा छैन’, प्रधानमन्त्रीको भनाइ उृद्धत गर्दै एक मन्त्रीले भने, ‘यी सबै सरकार कमजोर बनाउन चलाइएका हल्ला हुन् ।’ ती मन्त्रीका अनुसार प्रधानमन्त्रीले आफ्नो जिम्मेवारीमा रहेको काम राम्ररी गर्न र मन्त्री हेरफेरको हल्लाका पछि नलाग्न पनि मन्त्रीहरुलाई सुझाव दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us