युवतीमाथि सिरिञ्ज हान्नेलाई मध्यरातमा प्रहरीले झ्याईंकुटी पारेपछि…

काठमाण्डु टुडे २०७६ असार १३ गते १०:४१ मा प्रकाशित

काठमाण्डु, १३ असार– उपत्यकामा युवतीहरुमाथि ऋंखलाबद्ध रुपमा सिरिञ्ज आक्रमणमा संलग्न युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछापमा सन्तोष कार्की छन् । पेशाले उनी रेष्टुरेण्ट व्यवसायी हुन् । महाराजगञ्जमा उनको रेष्टुरेण्ट छ । महानगरीय प्रहरी परिसर टेकुको टोलीले कार्कीलाई बिहीबार मध्यरातमा महाराजगञ्जबाट पक्रेको हो । यसैबीच कार्कीले आफ्नो अपराध स्वीकार गरेका छन् । बयानका क्रममा कार्कीले रमाइलोका लागि त्यस्तो काम गरेको बताएका छन् । पछिल्लो समय उपत्यकामा एकपछि अर्को रिसिञ्ज आक्रमणका घटना बढेपछि युवतीहरु आत्तिन थालेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us