नारायणगढ– मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने

२०७९ मंसिर २७ गते १६:४३

काठमाण्डु,२७ मंसिर– नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा आज सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने...

विप्लवद्वारा सरकारले ल्याएको अध्यादेशको स्वागत

२०७९ मंसिर २७ गते १६:१५

काठमाण्डु,२७ मंसिर– विप्लव नेतृत्वको नेकपाले सरकारले ल्याएको अध्यादेशको स्वागत योग्य रहेको बताएको छ । मंगलबार महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा अध्यादेश स्वीकृत गरी तत्कलीन केपी ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमतिलाई लागू गर्ने वातावरण निर्माण गरिदिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई विशेष आग्रह गरिएको छ...

राजनीतिक बन्दीहरुलाई रिहाई गर्नको लागि सरकारले ल्याएको अध्यादेश खारेज हुनुपर्छः ज्ञानेन्द्र शाही

२०७९ मंसिर २७ गते १५:४०

काठमाण्डु,२७ मंसिर– राप्रपाका प्रवक्ता एवम् जुम्लाबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले राजनीतिक बन्दीहरुलाई रिहाई गर्नको लागि सरकारले ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट अविलम्ब फिर्ता हुनुपर्ने बताएका छन । उनले वर्तमान सरकार कामचलाउ सरकार भएकोले गलत मनसायका साथ राजनीतिक आवरणमा जघन्य अपराधमा संलग्नहरुलाई उन्मुक्ति दिने...

अर्जेन्टिनी प्रशिक्षक भन्छन्: क्रोएसियाको टिमको एकता अर्जेन्टिनाको लागि ठूलो चुनौती हो

२०७९ मंसिर २७ गते १५:१४

काठमाण्डु,२७ मंसिर– अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले सोमबार क्रोएसियासँगको खेलअघि क्रोएसिया आफूहरुको लागि टक्करको प्रतिस्पर्धी भएको बताएका छन । उनले टिम नेदरल्यान्ड्ससँगको क्वार्टरफाइनल खेलमा जित हात पारेपछि भावनात्मक रुपले निकै थाकेको बताए । मंगलबार राति १२ः४५ मा लुसेल स्टेडियममा हुने सेमिफाइनल खेलअघिको पत्रकार सम्मेलनमा क्रोएसियाको...

क्रोएसिया अर्जेन्टिनाका लागि टक्करको प्रतिस्पर्धी हो: अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी

२०७९ मंसिर २७ गते १५:०७

काठमाण्डु,२७ मंसिर– अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले सोमबार क्रोएसियासँगको खेलअघि क्रोएसिया आफूहरुको लागि टक्करको प्रतिस्पर्धी भएको बताएका छन । उनले टिम नेदरल्यान्ड्ससँगको क्वार्टरफाइनल खेलमा जित हात पारेपछि भावनात्मक रुपले निकै थाकेको बताए । मंगलबार राति १२ः४५ मा लुसेल स्टेडियममा हुने सेमिफाइनल खेलअघिको पत्रकार सम्मेलनमा क्रोएसियाको...

सर्लाहीमा जग्गाको विषयलाई लिएर कुटपिट गरी एक वृद्धाको हत्या

२०७९ मंसिर २७ गते १४:४८

सर्लाही,२७ मंसिर– सर्लाहीमा जग्गाको विषयलाई लिएर कुटपिट गरी एक वृद्धाको हत्या गरिएको छ । चक्रघट्टा गाउँपालिका–२ भेल्ही बस्ने ७० वर्षीया सागर देवीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने उनकै ६५ वर्षीय पुकार रायलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पुकार राय, उनको छोरा...

युरिया मलको कालोबजारी गरेको अभियोगमा एक जना पक्राउ

२०७९ मंसिर २७ गते १४:३७

काठमाण्डु,२७ मंसिर– प्रहरीले युरिया मलको कालोबजारी गरेको अभियोगमा एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका–१० दिघवा बस्ने १९ वर्षीय राज कुमार दास रहेका छन । उनले सञ्चालन गरेको किराना पसलमा युरिया मल खाद लुकाई छिपाई भण्डारण गरी सरकारले निर्धारण...

सरकार बनाउन बहुमत पुर्‍याउने उद्देश्यले दण्डहीतालाई प्रश्रय दिन अध्यादेश गलत छ: चित्रबहादुर केसी

२०७९ मंसिर २७ गते १४:२८

काठमाण्डु,२७ मंसिर– राष्ट्रिय जनमोर्चाले रेशम चौधरीलाई आममाफी दिनेगरी सरकारले अध्यादेश ल्याएको भन्दै विरोध गरेको छ । जनमोर्चाका तर्फबाट अध्यक्ष चित्रबहादुर केसीले मंगलबार जारी गरेको विज्ञप्तिमा फौजदारी कार्यविधि संहितामा परिवतन गर्न अध्यादेश ल्याउन राष्ट्रपतिकोमा सिफारिस गरिएको प्रति पार्टीको ध्यानाकर्षण भएको बातएका छन । विज्ञप्तिमा भनिएको...

काबुलको होटलमा आक्रमण गर्ने तीन आक्रमणकारी मारिए

२०७९ मंसिर २७ गते १३:४६

एजेन्सी– अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक चर्चित होटलमा आक्रमण गर्ने तीन आक्रमणकारीको प्रहरी कारबाहीमा ज्यान गएको छ । तालिबान सुरक्षा अधिकारीले दिएको जानकारीअनुसार सो होटलमा सोमबार अज्ञात बन्दुकधारीले आक्रमण गरेका थिए । कैयौँ घन्टाको उद्धार कार्यपछि त्यहाँबाट विदेशी पाहुनालाई सकुशल उद्धार गरिएको छ ।...

थारु र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने मधेसी आयोगको निर्णय

२०७९ मंसिर २७ गते १३:३२

काठमाण्डु,२७ मंसिर– मधेसी आयोगले थारु र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने भएको छ । आयोगले २० मंसिरमा बसेको बैठकबाट यसबारे निर्णय गरेको हो । मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन–२०७८ को उपसमूह १ मा रहेको थारु र २ मा रहेको मुस्लिमको सूची हटाउने निर्णय...

प्रदेश १ मा एमाले र निर्वाचन आयोगबीच समानुपातिक सांसद छनौटमा विवाद

२०७९ मंसिर २७ गते १३:२१

काठमाण्डु,२७ मंसिर– निर्वाचन आयोगले प्रदेश १ प्रदेशसभाका लागि समानुपातिक सांसद छनौटको विषय सच्याउन गरेको आग्रह नेकपा एमालेले अस्वीकार गरेको छ । आयोगले अल्पसंख्यक कोटाबाट सूची अनुसार सिफारिस नगरेर एमालेले आफूखुसी छानेको विषयमा स्पष्ट पार्न पत्र पठाएको थियो । उक्त पत्रको जवाफ आफूहरुले आयोगलाई दिइसकेको...

पर्सामा प्रहरीको गाडी दुर्घटना हुँदा इन्सपेक्टर सहित दुई जना घाइते

२०७९ मंसिर २७ गते १२:५१

काठमाण्डु,२७ मंसिर– पर्सामा प्रहरीको गाडी दुर्घटना हुँदा प्रहरी निरीक्षक (इन्सपेक्टर) सहित दुई जना घाइते भएका छन् । घाइते हुनेमा इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक शंकर श्रेष्ठ र प्रहरी जवान मनोज घर्ती रहेका छन । इलाका प्रहरी कार्यालय ठोरीको सवारी दुर्घटना हुँदा उनीहरु घाइते...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us