
काठमाण्डु,२७ मंसिर– प्रहरीले युरिया मलको कालोबजारी गरेको अभियोगमा एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका–१० दिघवा बस्ने १९ वर्षीय राज कुमार दास रहेका छन ।
उनले सञ्चालन गरेको किराना पसलमा युरिया मल खाद लुकाई छिपाई भण्डारण गरी सरकारले निर्धारण गरेको मूल्य भन्दा बढी मूल्यमा बिक्री गरेको आरोपमा उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
कालोबजारी भइरहेको सूचनाको जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले तलासी गर्दा प्रति बोरा ५० केजीको दरले ३५ थान युरियाको बोरा भण्डारण गरी राखेको अवस्थामा फेला पारेको थियो । घटनाबारे घटनाबारे थप अनुसन्धान भइृरहेको छ ।