थारु र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने मधेसी आयोगको निर्णय

काठमाण्डु टुडे २०७९ मंसिर २७ गते १३:३२ मा प्रकाशित

काठमाण्डु,२७ मंसिर– मधेसी आयोगले थारु र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने भएको छ । आयोगले २० मंसिरमा बसेको बैठकबाट यसबारे निर्णय गरेको हो ।

मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन–२०७८ को उपसमूह १ मा रहेको थारु र २ मा रहेको मुस्लिमको सूची हटाउने निर्णय भएको आयोगका अध्यक्ष डा विजयकुमार दत्तले बताएका छन ।

यसअघि मधेसी आयोगले थारु र मुस्लिमलाई मधेसी समुदायको सूचीमा राखेर राष्ट्रपतिलाई सिफारिससहितको प्रतिवेदन बुझाएपछि विरोध भएको थियो ।

सो निर्णय कार्यान्वयनका लागि आयोगकी उपसचिव सविता डंगोलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएकी छिन् ।

थारु र मुस्लिम समुदायका विभिन्न संघ–संगठनहरुले थारु र मुस्लिम समुदायको छुट्टै पहिचान र सभ्यता रहेको भन्दै मधेशी क्लस्टरमा आफूहरुलाई नराख्न आयोगमा निवेदन दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us