काठमाण्डु,११ पुस– कांग्रेस सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा शपथ ग्रहण कार्यक्रम नसकिँदै निस्केका छन् । प्रधानमन्त्री प्रचण्डले शपथ लिइसके लगतै देउवा बधाई दिएर हिँडेका हुन् । देउवा हिँड्ने बेलामा प्रधानमन्त्रीको मात्र शपथ भएको थियो । उपप्रधानमन्त्री र मन्त्रीहरुको शपथ बाँकी नै थियो ।...
काठमाण्डु,११ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् ।...
काठमाण्डु,११ पुस– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम्प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।...
काठमाण्डु,११ पुस– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पद तथा गोपनीयताको शपथ लिन राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । उनी दौरा सुरुवाल लगाएर शपथ लिन पुगेका छन् ।यसअघि २०६५ सालमा पहिलो पटक र २०७३ सालमा दोस्रो पटक प्रधानमन्त्री हुँदा प्रचण्डले...
काठमाण्डु,११ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृह मन्त्री बन्ने पक्का भएको छ । उनी उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनेछन् भने गृह मन्त्रालयमा दावी गरिरहेका नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय नपाउने...
काठमाण्डु,११ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा आठ सदस्यीय मन्त्रीपरिषद् गठन हुने भएको छ । प्रचण्डले तीन उपप्रधानमन्त्रीसहित सात मन्त्रीलाई नियुक्त गरेर आजै शपथको कार्यक्रम तय भएको छ । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले राष्ट्रपति भवन शीतल निवासमा आठ जनाले शपथ...
काठमाण्डु,११ पुस– एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्रीमा पठाउने भएको छ । पौडेलसहित एमालेले ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई आजै सरकारमा सहभागी गराउने तयारी गरेको छ । यस्तै माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई पनि उपप्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ ।...
काठमाण्डु,११ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै तिन जना उपप्रधानमन्त्रीले पनि शपथ लिने भएका छन् । आज (सोमबार) नयाँ बानेश्वरमा बसेको सत्ता गठबन्धन दलको बैठकमा प्रधानमन्त्रीसँगै तीन उपप्रधानमन्त्रीले शपथ लिने सहमति भएको छ । स्रोतका अनुसार तीन उपप्रधानमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष समेत रहेका रवि...
काठमाण्डु,११ पुस– एमालेबाट उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारीसहित विष्णु पौडेल सरकारमा जाने निश्चित भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पौडेललाई उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिनेगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नाम सिफारिस गरेका छन । पौडेलसहित एमालेबाट ४ जना मन्त्रीको नाम पनि...
काठमाण्डु,११ पुस– जनमत पार्टीले सो पार्टीका उपाध्यक्ष एवंम् प्रभक्ता अब्दुल खाँलाई सरकारमा पठाउने भएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउतले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीसहित खाँलाई सरकारमा पठाउने सहमति भएको बताएका छन । मन्त्रालय बाँडफाँटका लागि संघीय संसद् भवनमा सत्तारुढ गठबन्धनको बैठक...
काठमाण्डु,११ पुस– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रीमा आफ्नो दाबी रहेको बताएका छन । आज (सोमबार) सत्ता गठबन्धनको बैठकमा सहभागी भएर बाहिरिँदै गर्दा सभापति लामिछानेले पत्रकारहरूले सोधेको प्रश्नको उनले यस्तो जवाफ दिएका हुन । उनले उपप्रधानसहित गृह मन्त्रीमा आफ्नो दाबी रहेको...
काठमाण्डु,११ पुस– नयाँ सरकार गठन भएसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको विदाई भएका छन । मन्त्रालयमा आज (सोमबार)आयोजित एक कार्यक्रमका बीच कर्मचारीहरूले उनको विदाई भएका हुन । २०७९ असार १३ गते मन्त्रालयको नेतृत्व सम्हालेका कुँवरले विदाईको त्रममा श्रमिकको हित हुनेगरी काम गर्न...