
काठमाण्डु,११ पुस– नयाँ सरकार गठन भएसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको विदाई भएका छन ।
मन्त्रालयमा आज (सोमबार)आयोजित एक कार्यक्रमका बीच कर्मचारीहरूले उनको विदाई भएका हुन । २०७९ असार १३ गते मन्त्रालयको नेतृत्व सम्हालेका कुँवरले विदाईको त्रममा श्रमिकको हित हुनेगरी काम गर्न आग्रह गरेका छन ।
उनले भने,‘हाम्रा दाजुभाइहरू विदेशमा कतिको समस्या भोगिरहेका हुन्छन् भन्ने कुरा मैले नजिकबाट नियाल्ने मौका पाएको छु । मध्यरातमा पनि फोन आउँदा फोन उठाएर उनीहरूका पीडा सुन्ने गरेको र त्यो पीडाले सुत्न समेत सक्दिन’ ।
उकले मन्त्रीहरूको आउने जानेक्रम क्रम चलिरहने गरेको भन्दै स्थायी भनेका कर्मचारी रहेकोमा जोड दिएका छन । मन्त्रीबाट विदाई भएका कुँवरले मन्त्री क्वार्टर समेत आजैदेखि छोडेका छन्।