प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै

२०७९ पुष २६ गते ८:४७

काठमाण्डु, २६ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदैछन् । प्रचण्ड गत १ पुसमा संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ७ दलका १ सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बिहान...

संविधानले परिकल्पना गरेको सिस्टममा प्रधानमन्त्री चाहिँ प्रधानमन्त्री नै हुन्छ:  प्रचण्ड

२०७९ पुष २५ गते १८:३५

काठमाण्डु,२५ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू कुनै घेराबन्दी र दबावमा नचल्ने बताएका छन् । आज (सोमबार) सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रममा उनले यस्तो बताएका हुन । प्रचण्डले प्रधानमन्त्रीले निर्णय गर्न सक्छ कि सक्दैन, घेराबन्दीमा...

जसपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

२०७९ पुष २५ गते १८:२८

काठमाण्डु,२५ पुस– जनता समाजवादी पार्टी (जसपा)ले पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । सिंहदरवारमा सोमबार आयोजित सरकारको नीतिगत कार्यक्रम र प्राथमिकता सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले जसपाको बैठकले विश्वासको मत...

यो सरकार स्थिर र स्थायी सरकार हो: केपी ओली

२०७९ पुष २५ गते १८:१८

काठमाण्डु,२५ पुस– एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार स्थिर र स्थायी सरकार भएको बताएका छन् । आज सत्ता साझेदार दलको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । ओलीले सरकारको स्थायीत्वका विषयमा चलेका हल्लाको पछि नलाग्न पनि आग्रह गरेका...

प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिने

२०७९ पुष २५ गते १७:३९

काठमाण्डु,२५ पुस–नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भालि मङ्गलबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले प्रधानमन्त्री दाहालबाट प्राप्त विश्वासको मत लिनेसम्बन्धी सूचनाबारे जानकारी गराएका छन । प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा...

सनराइज बैंक र लक्ष्मी बैंक मर्जर सम्झौता गर्दै

२०७९ पुष २५ गते १७:३७

काठमाण्डु ,२५ पुस- सनराइज बैंक र लक्ष्मी बैंक ले एक आपसमा गाभिन का लागि सम्झौता गर्ने भएका छन् । २५ पुस मा दुबै बैंकबीच मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर हुने बतायको छन। मर्जरपछि बन्ने बैंकको नाम लक्ष्मी सनराइज बैंक लिमिटेड रहेने बतायको छ। ‘अहिले...

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

२०७९ पुष २५ गते १७:११

काठमाण्डु,२५ पुस– सरकारमा सहभागी दलहरुले न्यूनतम साझा कार्यक्रम आज सोमबार सार्वजनिक गरिएको छ । काठमाण्डुमा आयोजित कार्यक्रममा   उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार गरेको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको छन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष  एवंम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,...

कर्णाली प्रदेश सभाको सभामुख र उपसभामुख चयनका लागि निर्वाचन १ माघमा हुने

२०७९ पुष २५ गते १६:५९

 काठमाण्डु,२५ पुस– कर्णाली प्रदेश सभाको सभामुख र उपसभामुख चयनका लागि माघ १ गते चुनाव हुने भएको छ । आज (सोमबार) बसेको कर्णाली प्रदेश सभाको पहिलो अधिवेशनको दोस्रो बैठकले माघ १ गते सभामुखको निर्वाचन गर्ने मिति तोकेको हो । कर्णाली प्रदेश सभाका ज्येष्ठ सदस्य विनोदकुमार...

प्रदेश १ का मुख्यमन्त्री कार्कीले लिए शपथ

२०७९ पुष २५ गते १६:३९

काठमाण्डु,२५ पुस– प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । कार्कीले ३ जनालाई मन्त्री पनि नियुक्त गरेका छन । नेकपा एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला...

देशको अखण्डताका लागि संघीयता अपरिहार्य छ: सीके राउत

२०७९ पुष २५ गते १६:२५

काठमाण्डु,२५ पुस–जनमत पार्टीका अध्यक्ष सीके राउतले नयाँ दलहरुसँग आवेग मात्र होइन, अग्रजप्रति सम्मान पनि रहेको बताएका छन । प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । राउतले आफू निर्वाचित भएको सप्तरी २ बाट यसअघि सांसद रहेका गजेन्द्र नारायण सिंह र...

सबै मिलेर संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्छ: माधव नेपाल

२०७९ पुष २५ गते १५:४८

काठमाण्डु,२५ पुस– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबै मिलेर संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बेल्दै उनले यस्तो बताएका हुन । उनले जनतालाई अनुभूत हुनेगरि संघीयता कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउँदै समाजवादका मूल मर्ममा रहेको सरकारले काम गर्नुपर्ने...

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

२०७९ पुष २५ गते १५:३६

काठमाण्डु,२५ पुस– गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेत खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका छन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us