
काठमाण्डु,२५ पुस– कर्णाली प्रदेश सभाको सभामुख र उपसभामुख चयनका लागि माघ १ गते चुनाव हुने भएको छ ।
आज (सोमबार) बसेको कर्णाली प्रदेश सभाको पहिलो अधिवेशनको दोस्रो बैठकले माघ १ गते सभामुखको निर्वाचन गर्ने मिति तोकेको हो ।
कर्णाली प्रदेश सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले माघ १ गते दिउँसो १ बजेका लागि निर्वाचन तोकेको बताएका छन ।
उनले प्रदेश सभाको नियमावली ०७९ को नियम ७ को उपनियम १ बमोजिम सूचना प्रकाशन गर्न प्रदेश सविच जीवराज बुढाथोकीलाई निर्देशन गरेका छन ।