
काठमाण्डु,२५ पुस–जनमत पार्टीका अध्यक्ष सीके राउतले नयाँ दलहरुसँग आवेग मात्र होइन, अग्रजप्रति सम्मान पनि रहेको बताएका छन ।
प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । राउतले आफू निर्वाचित भएको सप्तरी २ बाट यसअघि सांसद रहेका गजेन्द्र नारायण सिंह र उपेन्द्र यादवलाई स्मरण गरेका छन ।
संसदको पहिलो बैठकमा आफूहरुलाई स्वागत गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ दलहरुमा आवेग छ भनेको उल्लेख गर्दै राउतले भने, हामीसँग आवेग मात्र होइन, अग्रजप्रति सम्मान पनि छ भन्नमा ढुक्क सहन आग्रह गर्दछु ।’
आफूहरुमा रहेको आवेग जनतामा रहेको परिर्वतनको आकांक्षा भएको र यसलाई उर्जाका रुपमा प्रयोग गर्नुपर्ने उनले बताएका छन । उनले देशका लागि संघीयता अपरिहार्य भएको बताएका छन ।