
काठमाण्डु ,२५ पुस- सनराइज बैंक र लक्ष्मी बैंक ले एक आपसमा गाभिन का लागि सम्झौता गर्ने भएका छन् ।
२५ पुस मा दुबै बैंकबीच मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर हुने बतायको छन। मर्जरपछि बन्ने बैंकको नाम लक्ष्मी सनराइज बैंक लिमिटेड रहेने बतायको छ। ‘अहिले हामी छलफलमा छौं, केही समयपछि मर्जरको प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी छ,’ एक बैंकका सञ्चालकले बताए ।
दुबै बैंकको सञ्चालक समितिको बैठकले मर्जरको प्रस्ताव पास गरेर सम्झौता हुन लागेको हो । १ः१ को सेयर आदानप्रदान अनुपात ९स्वाप रेसियो०मा मर्जरमा जाने गरी सम्झौता गर्न लागेको उनले बताए । सम्पत्ति र दायित्वको पुर्ण मूल्यांकन डीडीए गर्दा स्वाप रेसियो ५ प्रतिशत भन्दा बढीले तलमाथि नभएमा १ः१ कै स्वापमा मर्जरमा जाने बतायको छ ।मर्जर पश्चात् बैंकको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) दुवै लक्ष्मी बैंकले पाउने सहमति भएको छ ।
सञ्चालक समिति व्यवस्थान लगायतका विषयमा भने अहिले छलफल भइरहेको छ । लक्ष्मी बैंकको हाल चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ छ ।
आपसमा मर्ज हुँदा चुक्ता पुँजी २१ अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ।