
काठमाण्डु,२५ पुस– जनता समाजवादी पार्टी (जसपा)ले पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
सिंहदरवारमा सोमबार आयोजित सरकारको नीतिगत कार्यक्रम र प्राथमिकता सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।
उनले जसपाको बैठकले विश्वासको मत दिने निर्णय भर्खरै गरेको समाचार आफुले पाएको बताएका छन । उनले जसपासहित अन्य दलले समेत विश्वासको मत दिनेमा आफु विस्वस्त रहेको बताए ।