सत्ता गठबन्धनले टुंग्यायो मन्त्रालय भागबण्डा

२०७९ चैत १५ गते १८:१८

काठमाण्डु,१५ चैत– बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालय भागवण्डा लगभग टुंग्याएका छन् । आज बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा बसेको बैठकले कुन दललाई कति मन्त्रालय भन्ने एकसरो समझदारी जुटाएको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन । उनले भने, भोलि...

मिटरब्याजी पीडितलाई न्याय दिन बलियो कानुन बनाउनुपर्छ: प्रभु साह

२०७९ चैत १५ गते १८:१५

काठमाण्डु,१५ चैत– आम जनता पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद प्रभु साहले सुदखोरबाट मुक्त हुन ठोस कानुन बन्न नसकेमा अझै अपराध बढ्ने बताएका छन । आज (बुधबार)को संसद बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले मिटरब्याजी पीडितलाई न्याय दिन बलियो कानुन बनाउन आवश्यक...

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको मत लिने

२०७९ चैत १५ गते १७:४५

काठमाण्डु,१५ चैत– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन । मुख्यमन्त्री शर्माले प्रदेशसभा सचिवालयलाई शुक्रबार विश्वासको मत प्रयोजनका लागि आवश्यक व्यवस्थापन गरिदिन आग्रह गर्दै बुधबार पत्र पठाएका छन् । मुख्यमन्त्री शर्माले प्रदेश सभा सचिवालयलाई पठाएको पत्रमा भनिएको छ, ‘...

पहिलो चरणमा कांग्रेसबाट उपसभापति खड्का सरकारमा सहभागी हुने

२०७९ चैत १५ गते १७:३७

काठमाण्डु,१५ चैत– कांग्रेस उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा मन्त्री बन्ने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणमा आजै मन्त्रिपरिषद विस्तारको तयारी थालेपछि कांग्रेसबाट खड्का सरकारमा सहभागी हुन लागेका हुन् । प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसले खड्कालाई पार्टीको...

मन्त्रालय भागबण्डा टुंग्याउन बालुवाटारमा सत्ताघटक दलको बैठक जारी

२०७९ चैत १५ गते १७:२६

काठमाण्डु,१५ चैत– मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न १० दलीय गठबन्धनको दलको बैठक प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा दोस्रो पटक जारी । मन्त्रिपरिषदमा दलहरुले प्राप्त गर्ने मन्त्रालय र संख्या टुंगाउनका लागि सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरुको बैठक बसेको हो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल...

थप ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि

२०७९ चैत १५ गते १७:१७

काठमाण्डु,१५ चैत– पछिल्लो २४ घण्टामा देशभर थप ३४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ३३० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २५ तथा एन्टीजेन विधिबाट ९ जनामा जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका...

एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बन्ने

२०७९ चैत १५ गते १७:१०

काठमाण्डु,१५ चैत– नेकपा एकीकृत समाजवादीबाट पार्टी उपाध्यक्ष बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्ने पक्का भएको छ । आज बुधबार बसेको सचिवालय बैठकले दुई मन्त्रीको नाम टुंग्याएको हो । यद्यपि सार्वजनिक रुपमा भने एकीकृत समाजवादीका नेताहरुले तीन मन्त्रालयको दाबी गर्न छाडेका छैनन् ।...

अनलाइनमार्फत ठगी गर्ने ९ चिनियाँसहित १९ जना पक्राउ

२०७९ चैत १५ गते १७:०४

काठमाण्डु,१५ चैत– प्रहरीले अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न ९ चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउ गरेको छ । उनीहरुलाइ काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो । राजधानीमा अवैध रुपमा अफिस सञ्चालन गर्दै ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिसँग कुराकानी...

सांसद रघुजी पन्तको गुनासो, ‘प्रधानमन्त्री प्रचण्ड रमाउँदै, हल्लिँदै संसद् आउनुहुन्छ’

२०७९ चैत १५ गते १६:३४

काठमाण्डु,१५ चैत– प्रतिनिधि सभा सदस्य रघुजी पन्तले सरकारको अकर्मण्यता र गतिहीनताले समग्र सांसदहरूमाथि प्रश्न उठेको बताएका छन । आज (बुधवार) बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । पन्तले सरकारले प्रतिनिधि सभा बैठकमा विधेयक पेस गर्ने विषयलाई महत्त्व नदिएको बताएका छन ।...

तीन मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नदिने एकीकृत समाजवादीको निर्णय

२०७९ चैत १५ गते १६:२५

काठमाण्डु,१५ चैत– नेकपा एकीकृत समाजवादीले तीन वटा मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नपठाउने निर्णय गरेको छ । आज (बुधवार) बसेको सो पार्टीको आकस्मिक केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन । उनले भने, ‘तीन वटा मन्त्रालय हामीले पाउनुपर्छ...

मिटरब्याजको जड साहु होइन सरकार हो: सिंह

२०७९ चैत १५ गते १६:१२

काठमाण्डु,१५ चैत– प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहले मिटरब्याजको जड साहु नभएर सरकार भएको बताएका छन् । आज (बुधवार) बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन । सिंहले मिटरब्याजको जड साहु नभएर नै सरकार भएको बताएका छन । उनले भने, ‘ मिटरब्याजी पीडितहरु...

युट्युब र टिकटकसँग टिभीले डराउनुपर्दैन: केपी ओली

२०७९ चैत १५ गते १५:३९

काठमाण्डु,१५ चैत– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले युट्युब र टिकटक लगायत सामाजिक सञ्जालसँग टेलिभिजनहरु डराउन नपर्ने बताएका छन । आज (बुधबार) बुटवलमा लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । ओलीले टेलिभिजनकै सूचना र समाचार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us