पहिलो चरणमा कांग्रेसबाट उपसभापति खड्का सरकारमा सहभागी हुने

काठमाण्डु टुडे २०७९ चैत १५ गते १७:३७ मा प्रकाशित

काठमाण्डु,१५ चैत– कांग्रेस उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा मन्त्री बन्ने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणमा आजै मन्त्रिपरिषद विस्तारको तयारी थालेपछि कांग्रेसबाट खड्का सरकारमा सहभागी हुन लागेका हुन् ।

प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसले खड्कालाई पार्टीको तर्फबाट नेतृत्व गर्ने गरी पठाउँन लागेको छ । कांग्रेसले आठ मन्त्रालयमा दाबी पेस गरेको छ ।

कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा, स्वास्थ्य, उद्योग, भूमि व्यवस्था र महिला तथा बालबालि मन्त्रालय पाउने कांग्रेसका एक पदाधिकारीका जानकारी दिएका छन । पहिलो चरणमा सरकारमा खड्का सहभागी हुने कांग्रेसका एक पदाधिकारीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us