मिटरब्याजी पीडितलाई न्याय दिन बलियो कानुन बनाउनुपर्छ: प्रभु साह

काठमाण्डु टुडे २०७९ चैत १५ गते १८:१५ मा प्रकाशित

काठमाण्डु,१५ चैत– आम जनता पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद प्रभु साहले सुदखोरबाट मुक्त हुन ठोस कानुन बन्न नसकेमा अझै अपराध बढ्ने बताएका छन ।

आज (बुधबार)को संसद बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले मिटरब्याजी पीडितलाई न्याय दिन बलियो कानुन बनाउन आवश्यक भएको बताएका छन ।

उनले भने, ‘ तराईमा लाखौं सर्वसाधरण सुदखोरबाट पीडित छन् । यस विषयमा सभामुखको ठोस रुलिङको माग गर्दछु । सुदखोरले गर्दा हजारांै सर्वसाधरण घरबारविहिन भएका छन् ।

यसो गर्नु कानुनको ठाडो उल्लंघन हो’ साहले भने, ‘सरकारले १० प्रतिशत ब्याज लिने व्यवस्था गरेको छ । जग्गा रजिस्टर गराएर सैकडा ५ लिएर लुट चलिरहेको छ ।

यसमा पहल नलिए सुदखोरको अपराध अझै बढ्छ ।’ उनले लघुवित्तिले गर्दा सर्वसाधरण पीडित बनाएको बताएका छन । बैङकिङ कारोबार अनुपादक क्षेत्रमा हुँदा समस्या थपिँदै गएको पनि उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us