एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बन्ने

काठमाण्डु टुडे २०७९ चैत १५ गते १७:१० मा प्रकाशित

काठमाण्डु,१५ चैत– नेकपा एकीकृत समाजवादीबाट पार्टी उपाध्यक्ष बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्ने पक्का भएको छ । आज बुधबार बसेको सचिवालय बैठकले दुई मन्त्रीको नाम टुंग्याएको हो ।

यद्यपि सार्वजनिक रुपमा भने एकीकृत समाजवादीका नेताहरुले तीन मन्त्रालयको दाबी गर्न छाडेका छैनन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने दुई मन्त्रालय लिएर सरकारमा आउन प्रस्ताव गरेका छन् ।

साथै पहिलो चरणमा एक जनाको नाम पठाउन पनि उनले आग्रह गरेका छन । एकीकृत समाजवादीबाट पहिलो चरणमा भुसाल मन्त्री बन्ने पक्का भएको एकीकृत समाजवादीका एक पदाधिकारीले जानकारी दिएका छन ।

उनले शिक्षा, कृषि वा श्रम मन्त्रालयमध्ये एक पाउने बताइएको छ । ज्वालालाई भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनाउने एकीकृत समाजवादीले तयारी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us