
काठमाण्डु,१५ चैत– प्रतिनिधि सभा सदस्य रघुजी पन्तले सरकारको अकर्मण्यता र गतिहीनताले समग्र सांसदहरूमाथि प्रश्न उठेको बताएका छन ।
आज (बुधवार) बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । पन्तले सरकारले प्रतिनिधि सभा बैठकमा विधेयक पेस गर्ने विषयलाई महत्त्व नदिएको बताएका छन ।
उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयं संसद् बैठकमा उपस्थित हुँदा पनि प्रधानमन्त्रीले पेस गर्ने विधेयक अन्य मन्त्रीहरूले पेस गरेको भन्दै त्यस प्रकारको कार्यशैलीको विरोध गरेका छन ।
उनले भने, ‘यहाँ के देखियो भने प्रधानमन्त्री रमाउँदै, हल्लिँदै आउनुहुन्छ । उहाँलाई सत्ता पक्षको सचेतकहरूले हत्त न पत्त लुकाएर चेम्बरमा लैजानुपर्छ । किनभनेदेखि उहाँले प्रश्तुत गर्ने विधेयक अर्को मन्त्रीको नाममा हुन्छ ।
अर्थात् विधेयक प्रस्तुत गर्न उहाँ आफ्नो नाम हटाउन लगाउनुहुन्छ । तर संसद्मा आउनुहुन्छ । भित्र पनि पस्नुहुन्छ । उहाँलाई लुकाउन लानुपर्छ हत्त न पत्त प्रतिपक्षले उठाउला भनेर ।
कुनै मन्त्रीको महत्त्वपूर्ण काम भनेको आफूले सञ्चालन गर्ने आफ्नो मन्त्रालयसँग सम्बन्धित विधेयक संसद्मा पेस गर्ने भन्दा कुनै महत्त्वपूर्ण काम हुन्छ रु हुँदैन सभामुख महोदय यति महत्त्वपूर्ण कामलाई उहाँले छोडेर उहाँ कहाँ जानुभयो थाहा छैन ।’