मिटरब्याजको जड साहु होइन सरकार हो: सिंह

काठमाण्डु टुडे २०७९ चैत १५ गते १६:१२ मा प्रकाशित

काठमाण्डु,१५ चैत– प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहले मिटरब्याजको जड साहु नभएर सरकार भएको बताएका छन् । आज (बुधवार) बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन ।

सिंहले मिटरब्याजको जड साहु नभएर नै सरकार भएको बताएका छन । उनले भने, ‘ मिटरब्याजी पीडितहरु हाम्रो राज्य सञ्चालनको ऐना हो ।

राज्यले नै ३ थरीको व्याज तय गरेको छ । मिटरब्याज, माइक्रोफाइनान्सबाट सेन्टिमिटर ब्याज र बैंकबाट मिलिमिटर ब्याज । मिलिमिटर व्याज उद्योगपतिहरुलाई दिइन्छ ।

मिटरब्याजको जड साहु होइन सरकार हो ।’ उनले सरकारले देशलाई अस्तव्यस्त बनाएर शासन गर्न खोजेको बताएका छन । उनले सरकारले गरिबी र अशिक्षामाथि शासन गर्न खोजेको बताएका छन ।

सिंहले देशमा मिटरब्याज, सेन्टिमिटर ब्याज र मिलिमिटर ब्याज गरी तीन प्रकारको ब्याज रहेको टिप्पणी गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us