
काठमाण्डु,१५ चैत– मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न १० दलीय गठबन्धनको दलको बैठक प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा दोस्रो पटक जारी ।
मन्त्रिपरिषदमा दलहरुले प्राप्त गर्ने मन्त्रालय र संख्या टुंगाउनका लागि सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरुको बैठक बसेको हो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा दश दलको बैठक बसिरहेको छ । सत्ताघटक दलका नेताहरुका अनुसार आज नै केही मन्त्रीलाई शपथ गराउने तयारी रहेको छ ।
पूर्ण आकारको मन्त्रिपरिषद भने मन्त्रालयको भागवण्डा टुंगो लगाएपछि बनाउने सत्तारुढ गठबन्धनको तयारी गरेका छन ।