
काठमाण्डु,१५ चैत– बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालय भागवण्डा लगभग टुंग्याएका छन् ।
आज बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा बसेको बैठकले कुन दललाई कति मन्त्रालय भन्ने एकसरो समझदारी जुटाएको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन ।
उनले भने, भोलि बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने भन्नेछ’, ‘सबै पार्टीले आ–आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्रीहरुको नाम दिनुहुनेछ, त्यसपछि मन्त्रीहरुको शपथ हुन्छ ।’
राष्ट्रिय जनमोर्चाबाहेकका सबै दललाई मन्त्रालय भागवण्डा गरिएको उनले बताएका छन । कुन दललाई कति भन्ने चाहिँ उनले खुलाएका छैनन् ।