
काठमाण्डु,१५ चैत– नेकपा एकीकृत समाजवादीले तीन वटा मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नपठाउने निर्णय गरेको छ ।
आज (बुधवार) बसेको सो पार्टीको आकस्मिक केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन ।
उनले भने, ‘तीन वटा मन्त्रालय हामीले पाउनुपर्छ भनेका छौँ, अहिले तीन वटा मन्त्रालय पाउने निश्चित नभएको र मन्त्रालयको पनि टुङ्गो नलागेकाले हामी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उत्तरको प्रतीक्षामा बसेका छौ’ ‘जवाफ आएपछि जुनसुकै बेला निर्णय गर्छौ ।’
उनले प्रधानमन्त्रीले एक जनाको नाम मागे पनि आफूहरूलाई तीन वटा मन्त्रालय नदिएसम्म नाम डिस्क्लोज नगर्ने बताएका छन ।
यद्यपि नेकपा समाजवादीले डा। बेदुराम भुसाल, प्रकाश जवाला र भानुभक्त जोशीलाई मन्त्री बनाउने यसअघि नै निर्णय गरिसकेको छ ।