ज्ञवाली, शाक्य र महत योजना आयोगको सदस्य नियुक्त

२०७९ माघ १६ गते १८:०६

काठमाण्डु, १६ माघ– राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा तीन सदस्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महतलाई आयोग सदस्यमा नियुक्त गरेको हो । ज्ञवाली यसअघि राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत र शाक्य इजरायलका लागि नेपाली राजदूत...

कारागारभित्रै महिला बलात्कृत

२०७९ माघ १६ गते १७:५८

दाङ,१६ माघ– ठगी मुद्दामा कैद भुक्तान गरिरहेकी दाङ तुलसीपुरकी ३० वर्षिया एक महिला कारागारभित्रै बलात्कृत भएको खुलासा भएको छ । दाङको तुलसीपुर कारागार कार्यालयमा कैद भुक्तान गरिरहेकी पीडित महिला बलात्कृत भएको खुलासा भएको छ । कार्तिक १७ गते दिउँसो २ बजे उक्त घटना भएपनि...

नेपाली युवती बलात्कार गर्ने दुई भारतीय पक्राउ

२०७९ माघ १६ गते १७:५४

विराटनगर, १६ माघ– नेपाली युवती बलात्कार गर्ने दुई भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ४० वर्षीय बाबु साहब र मोहम्मद जाहगिर रहेको मोरङ प्रहरीले जनाएको छ । बलात्कृत २७ वर्षीया महिला र उनकी नाबालिग छोरीलाई बलात्कारपछि भारत लैजाँदै गर्दा उनीहरुलाई पक्राउ...

नयाँ गृहमन्त्रीबारे सञ्चारकर्मीलाई प्रचण्डको जवाफः बनेपछि थाहा पाउनुहुन्छ

२०७९ माघ १६ गते १७:४६

काठमाण्डु, १६ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गृहमन्त्री को बन्छ भन्नेबारे बनेपछि थाहा हुने बताएका छन् । माओवादी केन्द्रको पदाधिकारी बैठकपछि सोमबार पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडाबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले त्यस्तो बताएका हुन् । गृहमन्त्री कसलाई बनाउनुहुन्छ ? भन्ने सञ्चारर्मीको...

वृद्धामाथि कुटपिट गरेको आरोपमा अष्ट्रेलियामा नेपाली नर्स पक्राउ

२०७९ माघ १६ गते १७:४२

काठमाण्डु,१६ माघ– अष्ट्रेलियामा वृद्धामाथि कुटपिट गरेको आरोपमा एक जना नेपाली नर्स पक्राउ परेकी छिन् । प्रकाउ पर्नेमा नर्स अस्मिता पाण्डे रहेकी छन । इपिङ शहरको एउटा वृद्धवृद्धाको हेरचाह गर्ने केन्द्रमा नर्सिङ सहायकका रुपमा कार्यरत पाण्डेलाई पक्राउ गरेको त्यहाँको प्रहरीलाई उदृत गर्दै नाइन न्युजले जानकारी...

प्रचण्डलाई प्रधानमन्त्री बनाउन नसक्नु कांग्रेसको गल्ती हो: चन्द्र भण्डारी

२०७९ माघ १६ गते १७:२३

काठमाण्डु,१६ माघ– कांग्रेस नेता डा चन्द्र भण्डारीले नेपालको राजनीति र नेपाली नेताहरुको चिन्तनमा अत्यन्त बचपना रहेको बताएका छन । आफूहरुले जेल र यातना सहेर बहुदल ल्याएको ३२ वर्ष भइसक्दा पनि नेताहरुको सत्ताको मानसिकता र आन्तरिक द्धन्द्धका कारण मुलूकलाई नराम्रो असर पारेको बताएका छन ।...

गृहमन्त्री कसलाई बनाउने भन्ने विषय प्रधानमन्त्रीको हो: महरा

२०७९ माघ १६ गते १६:४६

काठमाण्डु,१६ माघ–   नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने विषय सरकारको भएको भन्दै त्यो प्रधानमन्त्रीले टुंग्याउने बताएका छन् । आज (सोमबार) पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्तो बताएका हुन उनले यस बिषयमा पार्टीमा छलफल नभएको पनि बताएका छन...

विराटनगरमा पार्किङ निषेध गरेको विरोधमा बजार बन्द

२०७९ माघ १६ गते १६:३१

काठमाण्डु,१६ माघ– विराटनगर महानगरपालिकाले बजार क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाएपछि व्यापारीले बजारनै बन्द गरेका छन । मेयर नागेश कोइरालाको निर्णयको विरोध गर्दै व्यापारीले मुख्य बजार बन्द गराएका हुन् । आज (सोमबार) पसल बन्द गराएर आन्दोलनमा उत्रिएको खुद्रा व्यापार संघ मोरङका अध्यक्ष सञ्जय मण्डलले...

चन्दा आतंक मच्चाउने ४ जना पक्राउ

२०७९ माघ १६ गते १६:१६

काठमाण्डु,१६ माघ– प्रहरीले कपिलवस्तुबाट चन्दा आतंक मच्चाएको आरोपमा चारजना पक्राउ गरेको छ । नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विक्रान्तसहित ४ जनालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विक्रान्त भन्ने जग्गु तेली, कपिलवस्तु जिल्ला इन्चार्ज विपिन विक,...

चेकिङमा बसेका प्रहरीको हात भाँचिदिएको आरोपमा एक जना पक्राउ

२०७९ माघ १६ गते १५:३६

काठमाण्डु,१६ माघ– प्रहरीको हात भाँचिदिएको आरोपमा पोखराबाट प्रहरीले एक जना अटो मोबाइल व्यवसायी पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिमाञ्चल डिलर्स एसोसिएसनका मनोनित सदस्य तथा अटो व्यवसायी सौरभ थापा रहेका छन । उनी अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) अध्यक्ष ध्रुव थापाका छोरा हुन्...

माओवादी केन्द्रको स्थायी समिति बैठक दुई दिनपछि सर्‍यो

२०७९ माघ १६ गते १५:२७

काठमाण्डु,१६ माघ– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक दुई दिनपछि सारिएको छ । आज (सोमबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको पदाधिकारी बैठकमा नेताहरूको कार्य विभाजनको विषयमा कुरा नमिलेपछि माघ १७ गतेका लागि सारिएको स्थायी समिति बैठक माघ १८ गतेका लागि बोलाउने निर्णय भएको छ...

राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै छ: केसी

२०७९ माघ १६ गते १५:१३

काठमाण्डु,१६ माघ– कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै रहने बताएका छन । आज (सोमबार) भरतपुरमा प्रेस युनियन चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले राष्ट्रपतिमा कांग्रेसको दाबी कायमै रहेको बताएका छन । उनले त्यसका लागि जुनसुकै दलसँग सहयोग लिन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us