मुलुक संकटमा धकेलिँदै गरेका बेला प्रधानमन्त्री भने ‘कमिटमेन्ट’को वर्षा गर्दै प्रशन्न चित्तमा बसिरहनुभएको छ: ओली

काठमाण्डु टुडे २०७९ चैत २५ गते १८:२२ मा प्रकाशित

v काठमाण्डु,२५ चैत– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले ‘कमिटमेन्ट’को मात्रै वर्षा गर्ने गरेको बताएका छन ।

ओलीले मुलुक आर्थिक संकटमा धकेलिँदै गईरहेका बेला पनि प्रधानमन्त्री भने ढुक्क, आराम, आनन्द र प्रशन्न चित्तमा ‘कमिटमेन्ट’को वर्षामात्रै गर्ने गरेको बताएका छन ।

आज (शनिबार) काठमाण्डुमा आयोजित राष्ट्रिय सहकारी महासम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । उनले विज्ञहरुले समेत मुलुकमा रेमिट्यान्सबाट कर्मचारीलाई तलब खुवाउनपर्ने स्थिति आएको भनिरहेको बेला पनि सरकार र प्रधानमन्त्रीले भने राम्रो छ भनेर बसिरहेको बताएका छन ।

उनले बैंकले पैसा दिन नसक्ने अवस्था आएका बेला पनि प्रधानमन्त्री प्रचण्डले मुलुकको अर्थतन्त्र राम्रो छ भनेर आश्वासन दिन पछि नपरेको भन्दै ओलीले असन्तुष्टि समेत व्यक्त गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us