सातै प्रदेशमा अहिलेकै गठबन्धनको सरकारको बन्छ: रक्षामन्त्री खड्का

काठमाण्डु टुडे २०७९ चैत २५ गते १६:३२ मा प्रकाशित

काठमाण्डु,२५ चैत– उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सात वटै प्रदेशमा अहिलेकै सत्ता गठबन्धनको सरकार बन्ने बताएका छन ।

आज (शनिबार) नेपाल प्रेस युनियनले सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । उनले गठबन्धनको सरकार बनाउने विषय चरणबद्ध प्रक्रियामा रहेको बताएका छन ।

उनले भने, ‘सातै प्रदेशमा अहिलेकै गठबन्धनको सरकारको बन्छ । जहाँजहाँ त्यो काम गर्न बाँकी छ। चरणबद्ध प्रक्रियामा छु, ।’ उनले कर्णाली प्रदेश पनि सोही प्रक्रियामा रहेको बताएका छन ।

उनले के गर्ने भनेर केन्द्रको नेतृत्वले निर्णय गर्ने र सोही निर्णय सबैतिर लागू हुने पनि बताएका छन । उनले भने, ‘ केन्द्रमा भएको निर्णय सबै ठाउँमा लागू हुन्छ।

लागू हुने क्रम अघि बढेको छ। कर्णालीमा पनि धेरै चाँडै नेपाली कांग्रेस सरकारमा गएको देख्नुहुन्छु,।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us