ऋण खोजेको पैसा प्रदेश सरकार र स्थानीय तहले बैंकमा राखेर ब्याज खाए: महालेखा

२०८० वैशाख १ गते १५:०९

काठमाण्डु,१ वैशाख– महालेखापरीक्षकको कार्यालयले प्रादेशिक सरकार, स्थानीय तह तथा सार्वजनिक संस्थानहरुमाथि गम्भीर प्रश्न गरेको छ। केन्द्रीय सरकारले ऋण खोजेको पैसा समेत सरकारी, सार्वजनिक संस्था, निकाय तथा स्वायत्त संस्थाहरुले बैंकमा राखेर ब्याज खाइरहेको महालेखापरीक्षकको ६०औं वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । नेपाल सरकारको कार्यक्रम बजेट...

काठमाण्डुको टुँडिखेलमा ओशो महोत्सव

२०८० वैशाख १ गते १४:३५

काठमाण्डु,१ वैशाख– काठमाण्डुको टुँडिखेलमा आज (शुक्रबार) नयाँ वर्षको अवसरमा ओशो तपोवनले ओशो महोत्सवको आयोजना गरेको छ । आज बिहान ९ बजेदेखि सुरु भएको महोत्सव राति ९ बजेसम्म सञ्चालन हुने बताइएको छ । महोत्सवको उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जानकारी दिएको...

नयाँ वर्षमा घुम्न गएका युवकको पोखरीमा डुबेर मृत्यु

२०८० वैशाख १ गते १४:३०

काठमाण्डु,१ वैशाख– नयाँ वर्ष मनाउन पाल्पाको तिनाउ–३ झुम्सामा घुम्न गएका एक युवकको भूतखोला पोखरीमा डुबेर मृत्यु भएको छ । मूत्यु हुनेमा सिद्धार्थनगर–१ बेलहियाका अन्दाजी ३० वर्षीय शिवम जैशवाल रहेका छन । भैरहवाबाट साथीहरुसँगै घुम्न गएका जैशवाल ढुङ्गामा चिप्लिएर पोखरीमा खसेर डुबेका थिए । उनलाई...

युक्रेन युद्धसम्बन्धी गोप्य दस्तावेज चुहाएको अभियोगमा एक अमेरिकी सैनिक पक्राउ

२०८० वैशाख १ गते १४:१५

एजेन्सी– युक्रेन युद्धसम्बन्धी अमेरिकी रक्षा मन्त्रालयका झण्डै एक सयवटा अतिगोप्य एवम् संवेदनशील दस्तावेज इन्टरनेटको माध्यमबाट चुहाएको अभियोगमा अमेरिकी नेश्नल गार्डका सदस्य २१ वर्षीय ज्याक टेइसेइरालाई पक्राउ गरेको छ । उनी मासाचुसेट्स एयर नेश्नल गार्डमा कार्यरत रहेका थिए । चुहाइएका दस्तावेजबाट वासिङ्टनदेखि किएभ र सोलसम्म...

दार्चुलामा भिरमा अड्किएको अवस्थामा किशोर–किशोरीको शव फेला

२०८० वैशाख १ गते १३:३४

काठमाण्डु,१ वैशाख– दार्चुलाको नौगाड गाउँपालिका–५ मा किशोर–किशोरी मृत फेला परेका छन । भीरमा शव अड्किएको अवस्थामा उनीहरु मृत फेला परेको प्रहरीले बताएको छ । मृत भेटिनेमा नौगाड–४ का लोकेन्द्र ठगुन्ना र सोही ठाउँका सञ्जिला धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी तर्कराज पाण्डेले जानकारी...

जनकपुर–जयनगर रेल सेवा आजबाट दिनको चार पटक सञ्चालन हुने

२०८० वैशाख १ गते १३:१९

काठमाण्डु,१ वैशाख– दिनमा दुईपटक मात्र चल्दै आएको जनकपुर–जयनगर रेल सेवा आजदेखि चारपटक चल्ने भएको छ । नयाँ वर्ष २०८० सँगै नेपाल रेल्वे कम्पनीले सेवा विस्तार भएको हो । अब जनकपुरधामको कुर्थाबाट रेल बिहान ७ बजेर १५ मिनेटमा र बेलुकी २ बजेर ४५ मिनेटमा भारतको...

शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित

२०८० वैशाख १ गते १३:११

काठमाण्डु,१ वैशाख– कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन । संघको नवौं अधिबेसनबाट गिरीले अर्का प्रतिस्पर्धी गोकर्ण बहादुर बानियाँलाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन । पार्टीको संस्थापनइतर निकट गिरीले संस्थापन पक्षका बानियाँलाई हराएका हुन् । जम्मा खसेको...

शीर्ष नेताहरुको बैठक स्थगित

२०८० वैशाख १ गते १२:३२

काठमाण्डु,१ वैशाख– आज बस्ने भनिको शीर्ष नेताहरुको बैठक स्थगित भएको छ । संसदमा रहेका विचाराधीन विधेयक, संसदीय समिति गठन लगायतका विषयमा छलफल गर्न भनेर आज बस्ने भनिएको शीर्ष नेताहरुको बैठक स्थगित भएको हो। यसअघि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको पहलमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं...

युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गर्न लाग्नुपर्छ: शेखर कोइराला

२०८० वैशाख १ गते १२:२२

काठमाण्डु,१ वैशाख– कांग्रेसका नेता शेखर कोइरालाले यस वर्ष बेरोजगार युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गर्न लाग्नुपर्ने बताएका छन । आज (शुक्रबार) नयाँ वर्ष २०८० को शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन । नेता कोइरालाले बढ्दो बेरोजगारीलाई सम्बोधन गरी युवाको पाखुरा, ज्ञान र क्षमतालाई...

प्रकाश सपूतको गीत २४ घण्टा नबित्दै युटयुव ट्रेन्डिङको शीर्ष स्थानमा

२०८० वैशाख १ गते १२:१४

काठमाण्डु,१ वैशाख– गायक प्रकाश सपूतले जुन गीत ल्याएपछि चर्चामा आउने गरेको छ । यस्तैमा उनले बिहीबार सार्वजनिक गरेको नयाँ गीत ‘सकम्बरी’ (फूलमाया) पनि अहिले चर्चामा छ । गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै उनको यो गीतले युटयुवको ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको छ...

संविधानको कार्यान्वयन र संरक्षणका लागि दलहरुबीच हार्दिकता हुनुपर्छ: देउवा

२०८० वैशाख १ गते ११:४०

काठमाण्डु,१ वैशाख– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानको कार्यान्वयन र संरक्षणका लागि सबै राजनीतिक दलहरुबीच हार्दिक एकता कायम हुनुपर्ने बताएका छन । आज (शुक्रबार) नयाँ वर्ष २०८० को शुभकामना व्यक्त गर्दै उनले यस्तै बताएका हुन् । उनले भनेका छन, ‘नेपाली नागरिकको सात...

माओवादी सरकारमा रहेकाले परिवर्तन उल्टिँदैन जस्तो लागे पनि स्थिति सहज छैन: प्रधानमन्त्री

२०८० वैशाख १ गते ११:३१

काठमाण्डु,१ वैशाख– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा भएको बताएका छन । उनले संविधानमै उल्लेख भइसकेका र आत्मसाथ गरिसकेका कुरालाई पनि अहिले तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको बताएका छन । आज...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us