शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित

काठमाण्डु टुडे २०८० वैशाख १ गते १३:११ मा प्रकाशित

काठमाण्डु,१ वैशाख– कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन । संघको नवौं अधिबेसनबाट गिरीले अर्का प्रतिस्पर्धी गोकर्ण बहादुर बानियाँलाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन ।

पार्टीको संस्थापनइतर निकट गिरीले संस्थापन पक्षका बानियाँलाई हराएका हुन् । जम्मा खसेको ६०७ मतमा गिरीले ३०५ मत प्राप्त गर्दै उनी निर्वाचित भएका हुन । अध्यक्षका अर्का उम्मेदवार बानियाँको पक्षमा २९८ मत खसेको छ ।

नवनिर्वाचित कार्यसमितिको अधिकांश पदमा शेखर–गगन पक्षका उम्मेदवारले जित निकालन सफल भएको छ । पदाधिकारीमा महिला उपाध्यक्ष र महासचिव बाहेकका पद संस्थापनइतर पक्षका उम्मेदवार निर्वाचित भएका छन् ।

संस्थापन पक्षबाट महिला उपाध्यक्षमा धनकला भण्डारी र महासचिवमा ज्ञानेन्द्र बहादुर रावल निर्वाचित भएका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us