
काठमाण्डु,१ वैशाख– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानको कार्यान्वयन र संरक्षणका लागि सबै राजनीतिक दलहरुबीच हार्दिक एकता कायम हुनुपर्ने बताएका छन ।
आज (शुक्रबार) नयाँ वर्ष २०८० को शुभकामना व्यक्त गर्दै उनले यस्तै बताएका हुन् । उनले भनेका छन, ‘नेपाली नागरिकको सात दशक भन्दा लामो त्याग, तपस्या र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको कार्यान्वयन र संरक्षणका लागि सबै राजनीतिक दलहरू बीच हार्दिक एकता कायम गर्नुपर्छ ।’
उनले लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक र समुन्नत नेपाल निर्माणमा अगाडि बढ्न नयाँ वर्ष २०८० प्रेरणादायी वर्ष बन्ने विश्वास व्यक्त गरेका छन ।