प्रकाश सपूतको गीत २४ घण्टा नबित्दै युटयुव ट्रेन्डिङको शीर्ष स्थानमा

काठमाण्डु टुडे २०८० वैशाख १ गते १२:१४ मा प्रकाशित

काठमाण्डु,१ वैशाख– गायक प्रकाश सपूतले जुन गीत ल्याएपछि चर्चामा आउने गरेको छ । यस्तैमा उनले बिहीबार सार्वजनिक गरेको नयाँ गीत ‘सकम्बरी’ (फूलमाया) पनि अहिले चर्चामा छ ।

गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै उनको यो गीतले युटयुवको ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको छ । बिहीबार सार्वजनिक गीतले यो समाचार तयार गर्दासम्म ५ लाख ६६ हजार भ्युज पाएको छ ।

नयाँ वर्षको पूर्व सन्ध्या पारेर सार्वजनिक गीतमा सपूतको शब्द, सङ्गीत र स्वर रहेको छ । गीतको सङ्गीत संयोजन भने सुदीप सागरले गरेका छन । गीतमा सपूतलाई बर्ता गन्धर्वले स्वरमा साथ दिएकी छन् ।

गीतको भिडियोमा भने कलाकार बन्ने सपना बोकेर गाउँबाट सहर छिरेकी एक युवती ९फूलमाया० को कथा आधारीत छ । जसको निर्देशन सपूत आफैँले गरेका हुन् । भिडियोमा एउटा महिलाले घरपरिवारका लागि गर्ने कर्तव्य समेत देखाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us