जनकपुर–जयनगर रेल सेवा आजबाट दिनको चार पटक सञ्चालन हुने

काठमाण्डु टुडे २०८० वैशाख १ गते १३:१९ मा प्रकाशित

काठमाण्डु,१ वैशाख– दिनमा दुईपटक मात्र चल्दै आएको जनकपुर–जयनगर रेल सेवा आजदेखि चारपटक चल्ने भएको छ । नयाँ वर्ष २०८० सँगै नेपाल रेल्वे कम्पनीले सेवा विस्तार भएको हो ।

अब जनकपुरधामको कुर्थाबाट रेल बिहान ७ बजेर १५ मिनेटमा र बेलुकी २ बजेर ४५ मिनेटमा भारतको जयनगरका लागि प्रस्थान गर्ने कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिएका छन ।

यस्तै जयनगरबाट रेल जनकपुरधाम कुर्थाका लागि बिहान ९ बजेर ३० मिनेट र बेलुकी ५ बजे प्रस्थान गर्ने महाप्रबन्धक झाले बताए ।

एकवर्ष अघि सञ्चालनमा आएको ब्रोडगेज रेल बिहान १० बजे जनकपुरबाट छुट्ने र साढे ११ बजे जयनगर पुग्ने गरेको थियो भने त्यहाँबाट जनकपुरधामका लागि दिउँसो ३ बजे प्रस्थान गर्ने गरेको थियो ।

विजलपुरासम्म रेल सेवा विस्तारका लागि दुई चरणको इन्पेक्सनको काम सम्पन्न भइसकेको महाप्रबन्धक झाले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us