युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गर्न लाग्नुपर्छ: शेखर कोइराला

काठमाण्डु टुडे २०८० वैशाख १ गते १२:२२ मा प्रकाशित

काठमाण्डु,१ वैशाख– कांग्रेसका नेता शेखर कोइरालाले यस वर्ष बेरोजगार युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गर्न लाग्नुपर्ने बताएका छन ।

आज (शुक्रबार) नयाँ वर्ष २०८० को शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन । नेता कोइरालाले बढ्दो बेरोजगारीलाई सम्बोधन गरी युवाको पाखुरा, ज्ञान र क्षमतालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गराउनुपर्ने बताएका छन ।

उनले भनेका छन, ‘वि सं ०७९ चुनावी वर्ष रह्यो, नेपालको संविधानअनुसार झन्डै ३६ हजार जनप्रतिनिधि शान्तिपूर्वक निर्वाचित भएर राष्ट्र निर्माणको जिम्मेवारीमा पुगेका छन्, यो वर्ष बेरोजगार युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गराउनुपर्छ । ’

उनले मुलुकमा भ्रष्टाचार, कुशासन र महँगी अनियन्त्रित भएकाले राजनीतिक दल र तिनका नेताप्रति आम नागरिकको भरोसा र विश्वासमाथि प्रश्न उठिरहेको उल्लेख गर्दै अब पनि शासन, प्रशासन र राजनीतिक दलहरू नागरिकमैत्री हुन ढिलो भए सात दशक लगाएर जारी गरिएको नेपालको संविधान प्राप्तिको रटानले मात्र नागरिकको चित्त बुझाउन नसकिने बताएका छन ।

उनले बितेको दशक विविध उतारचढाव आएको जिकिर गर्दै उहाँले भूकम्प, नाकाबन्दी, कोरोना महामारीले देशको आर्थिक विकास र सामाजिक सम्बन्धमा निराशा छाएकाले अब पुनःस्थापनामा लाग्न नयाँ वर्ष २०८० मा प्रेरणा मिल्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us