उपराष्ट्रपति निर्वाचनमा ओलीले गरे मतदान

२०७९ चैत ३ गते १४:१६

काठमाण्डु,३ चैत– पूर्व प्रधानमन्त्री  एमाले अध्यक्ष    केपी शर्मा ओलीले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन् । आलीले आज शुक्रबार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।   उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि मतदान जारी छ । उपराष्ट्रपति...

उपराष्ट्रपति ममता झालाई मत दिने राष्ट्रिय स्वतन्त्र पार्टी निर्णय

२०७९ चैत ३ गते १४:०७

काठमाण्डु,३ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपति पदको निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने निर्णय गरेको छ । उपराष्ट्रपति चयनका लागि संसद भवन, बावेश्वरमा मतदान जारी छ । रास्वपा सांसदहरु छलफलमा जुटेका थिए । छलफलमा झालाई मत दिने निर्णय भएको एक सांसदकाले बताएका...

लोकगायक राजेन्द्र लम्सालको शव काठमाण्डु ल्याइयो

२०७९ चैत ३ गते १३:२६

काठमाण्डु,३ चैत– आज शुक्रबार लोकगायक राजेन्द्र लम्सालको पार्थिव शरीरलाई स्पेनबाट नेपाल ल्याइएको छ । मध्यान्ह ल्याइपुर्‍याइएको शवलाई बुझ्न लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरसहितका कलाकार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । लम्सालको शवलाई आजै पशुपतिको विद्युतीय गृहमा अन्त्येष्टि गरिने उनका भाञ्जा...

उपराष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री प्रचण्डले गरे मतदान

२०७९ चैत ३ गते १३:२१

काठमाण्डु,३ चैत– उपराष्ट्रपति पदको निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् । प्रचण्डले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मतदान जारी छ । निर्वाचनअन्तर्गत...

अब रोज्ने पालो हाम्रो, एक नम्बर मन्त्रालय लिन्छौं: पाण्डे

२०७९ चैत ३ गते १३:१५

काठमाण्डु,३ चैत– नेकपा एकीकृत समाजवादी का उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टीले रोजेर मन्त्रालय लिने र अनि मात्र आफ्नो दल सरकारमा जाने बताएका छन् उपराष्ट्रपति निर्वाचनमा मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । पाण्डेले कम्तिमा ३ मन्त्रालय लिएर आफूहरु सरकारमा जाने बताएका छन ।...

उपराष्ट्रपति निर्वाचनमा देउवाले गरे मतदान

२०७९ चैत ३ गते १२:३२

काठमाण्डु,३ चैत– उपराष्ट्रपति पदको निर्वाचनमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् । उनले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । उपराष्ट्रपति पदको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मतदान सुरु भएको छ । बिहान निर्वाचनमा नेकपा...

१० दलले संविधानको मर्ममाथि प्रहार गरे: शाक्य

२०७९ चैत ३ गते १२:१५

काठमाण्डु,३ चैत– उपराष्ट्रपति पदका उम्मेदवार एवं एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पुरुष राष्ट्रपति बनाइसकेपछि उपराष्ट्रपतिमा महिला नउठाएर संविधानको गलत ट्रेन्ड बसालिएको बताएकी छन । शुक्रवार उपराष्ट्रपतिको निर्वाचन स्थलमा सञ्चारकर्मीहसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन । उनले आवश्यक्ताको कारण आफू उपराष्ट्रपतिमा उठेको पनि बताएकी छन...

उपराष्ट्रपति निर्वाचन: ४ सय ९ मत खस्यो

२०७९ चैत ३ गते १२:०९

काठमाण्डु,३ चैत– सङ्घीय संसद् नयाँबानेश्वरमा जारी उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत बिहान ११ः४५ बजेसम्मको मतदानमा ४ सय ९ मत खसेको छ । सो समयसम्म सङ्घतर्फ १५८ र प्रदेशतर्फ २ सय ५८ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिएकी छन । उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान...

प्रधानमन्त्री प्रचण्डद्वारा विजेता खेलाडीलाई जनही तीन लाख पुरस्कारको घोषणा

२०७९ चैत ३ गते ११:४९

काठमाण्डु,३ चैत– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशीको पुरस्कार घोषणा गरेका छन् । विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले यस्तो घोषणा गरेका हुन । खेलाडीहरूलाई...

उपराष्ट्रपति निर्वाचन: दुई सय २० मत खस्यो

२०७९ चैत ३ गते ११:४३

काठमाण्डु,३ चैत– सङ्घीय संसद् नयाँबानेश्वरमा जारी भएको उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत बिहान ११ बजेसम्मको मतदानमा दुई सय २० मत खसेको छ । सो समयसम्म सङ्घतर्फ ८७ र प्रदेशतर्फ एक सय ३३ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिएकी छन । उपराष्ट्रपतिको निर्वाचनका लागि आज...

उपराष्ट्रपति चुनाव अनुकूल हुने देख्दैछु: शाक्य

२०७९ चैत ३ गते ११:३७

काठमाण्डु,३ चैत– उपराष्ट्रपति पदकी उम्मेदवार एवं एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले निर्वाचनमा अनेकौं चलखेल हुने भन्दै त्यसमा आफूले श्रेष्ठता हासिल गर्ने बताएकी छन । संसद भवन नयाँबानेश्वरमा आज शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन । शाक्यले भनिन्, ‘स्वस्थ अस्वस्थ, मर्यादित, अमर्यादित अनेकौं चलखेल...

उपराष्ट्रपतिमा विजयी भए संविधानको रक्षा गर्नेछु: यादव

२०७९ चैत ३ गते ११:२९

काठमाण्डु,३ चैत– उपराष्ट्रपति पदका उम्मेदवार एवं जनता समाजवादी पार्टीमा नेता रामसहायप्रसाद यादवले उपराष्ट्रपतिमा आफू विजयी भएमा राष्ट्रिय एकताको प्रवर्द्धन र संविधानको रक्षा गर्ने बताएका छन । आज (शुक्रबार) उपराष्ट्रपतिका लागि मतदान गरिसकेपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us