
काठमाण्डु,३ चैत– उपराष्ट्रपति पदको निर्वाचनमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् । उनले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
उपराष्ट्रपति पदको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मतदान सुरु भएको छ । बिहान निर्वाचनमा नेकपा एमालेका अष्टलक्ष्मी शाक्य, जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टी ९जसपा०का रामसहायप्रसाद यादव उम्मेदवार रहेका छन ।