
काठमाण्डु,३ चैत– उपराष्ट्रपति पदका उम्मेदवार एवं एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पुरुष राष्ट्रपति बनाइसकेपछि उपराष्ट्रपतिमा महिला नउठाएर संविधानको गलत ट्रेन्ड बसालिएको बताएकी छन ।
शुक्रवार उपराष्ट्रपतिको निर्वाचन स्थलमा सञ्चारकर्मीहसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन । उनले आवश्यक्ताको कारण आफू उपराष्ट्रपतिमा उठेको पनि बताएकी छन ।
उनले उपराष्ट्रपति पदमा बसेर राजनीतिक हिसावबाट काम गर्न नसकेपनि सामाजिक रुपान्तरण लगायतका क्षेत्रमा काम गर्न सकिने बताएकी छन । उनले भनिन्– ‘यो मेरो चाहनाको विषय भन्दा पनि आवश्यक्ताको विषय हो । पार्टीले पनि त्यो आवश्यक्ता महशुस गर्यो, स्थितिले पनि महशुस गरायो ।
यो अधिकार सम्पन्न पद होइन तर यो गरिमामय पद हो । त्यहाँ बसेर राजनीतिक हिसावले अधिकार नभएपनि सामाजिक रुपान्तरण लगायतका क्षेत्रमा काम गर्न सकिन्छ । म जित्नेमा ढुक्क छु ।’
शाक्यले अहिले संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने संविधानको मर्मलाई मारेर संविधानको भावनाअनुरुप गलत ट्रेन्ड बसाएको आरोप लगाइन् ।
उनले भनिन्– ‘१० दल एकातिर बसेपनि अहिले संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने,संविधानको अपव्याख्या गरेर संविधानको भावनाअनुरुप गलत ट्रेन्ड बसाको छ, यो एकदमै गलत भयो ।’