उपराष्ट्रपति ममता झालाई मत दिने राष्ट्रिय स्वतन्त्र पार्टी निर्णय

काठमाण्डु टुडे २०७९ चैत ३ गते १४:०७ मा प्रकाशित

काठमाण्डु,३ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपति पदको निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने निर्णय गरेको छ । उपराष्ट्रपति चयनका लागि संसद भवन, बावेश्वरमा मतदान जारी छ ।

रास्वपा सांसदहरु छलफलमा जुटेका थिए । छलफलमा झालाई मत दिने निर्णय भएको एक सांसदकाले बताएका छन । ती सांसदले भने, ‘सत्ता गठबन्धनको एउटा पक्ष र एमालेले उठाएको उम्मेदवारमा स्वार्थ देखिन्छ ।

हामी र जनमत पार्टी नयाँ दल भएको र महिला उम्मेदवार पनि भएकाले झालाई मत दिने निष्कर्षमा पुगेका हौं ।’ उपराष्ट्रपतिमा झासँगै जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव र एमालेकी अष्टलक्ष्मी शाक्य पनि उम्मेदवार रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us