गोरखामा प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास

२०७९ चैत ७ गते १३:१७

काठमाण्डु ,७ चैत- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार गोरखा पुगेर सडक शिलान्यास गरेका छन् । गत मंसिर ४ मा आफू निर्वाचित भएको गोरखा क्षेत्र नम्बर २ मा पर्ने पन्थहिटी९कटहरे९हर्मी र लमजुङको साहिलटार जोड्ने सडक स्तरउन्नती कार्यको प्रधानमन्त्रीले आज शिलान्यास गरेका हुन्।२० किमी यो सडकखण्ड...

सुनको मूल्य फेरि नयाँ रेकर्ड नजिक,आज कतिमा हुँदैछ कारोबार ?

२०७९ चैत ७ गते १२:५३

काठमाण्डु, ७ चैत- मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।...

फ्रान्सेली फुटबल टोलीको कप्तानमा एम्बाप्पे नियुक्त

२०७९ चैत ७ गते १२:३४

काठमाण्डु ,७ चैत -फ्रान्सको राष्ट्रिय फुटबल टोलीको कप्तानमा एम्बाप्पे नियुक्ति भएका छन् । टोटनह्यामका गोलकिपर ह्युगो लोरिसले कप्तानीबाट अवकाश लिएसँगै एम्बाप्पेले कप्तानको जिम्मेवारी पायका हुन् ।पीएसजीका फरवार्ड एम्बाप्पेले नयाँ जिम्मेवारी स्वीकार गर्न तयार भएको फ्रान्सेली सरकारी च्यानल फ्रान्स २४ ले उल्लेख गरेको छ ।...

कङ्गोमा विद्रोहीको आक्रमणबाट २१ सर्वसाधारणको मृत्यु

२०७९ चैत ७ गते १२:१२

एजेन्सी -कङ्गोमा विद्रोही समूहको आक्रमणबाट हप्ता दिनमा कम्तीमा पनि २१ जनाको ज्यान गएको छ । कङ्गोको पूर्वी किभु र इतुरीमा यहाँका सशस्त्र विद्रोहीहरुले हमला गरेका थिए । उनीहरुले गत शनिबार यी दुई प्रान्तका विभिन्न गाउँमा हमला गरी सर्वसाधारणको हत्या गरेका छन् ।इतुरीको एक गाउँमा...

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जना घाइते

२०७९ चैत ७ गते ११:५७

काठमाण्डु ,७ चैत-कैलालीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। जोशीपुर बाट भजनी नगरपालिका- ९ कुणीतर्फ गहीरहेको से १ त ८८७० नम्बरको ट्याक्टर सोमबार रातिजोशीपुर गाउँपालिका९७ को हजारीबारामा दुर्घटना हुँदा दुुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...

जातीय हिंसा र छुवाछूत विरुद्ध उभिन प्रधानमन्त्रीको आग्रह

२०७९ चैत ७ गते ११:४०

काठमाण्डु ,७ चैत्र -प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गरेका छन् । आज परेको अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना दिँदै उनले छुवाछूत र जातीय पिभेद अन्तय गरी सभ्य र सु–संस्कृत समाज निर्माण गर्न आग्रह गरेका...

वैशाख १० को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

२०७९ चैत ७ गते ९:५०

काठमाण्डु, ७ चैत– निर्वाचन आयोगले रिक्त प्रतिनिधिसभा सदस्यमा रिक्त पदका लागि आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि दल दर्ताका लागि आग्रह गरेको छ । आयोगले एक सूचना जारी गर्दै दल दर्ताका लागि अपिल गरेको हो । आयोगले बुधबारदेखि आगामी १२ चैतसम्म दल दर्ताको समय...

रुस–युक्रेन युद्ध रोक्न चिनियाँ राष्ट्रपतिको अपिल

२०७९ चैत ७ गते ९:४१

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङले युक्रेनसँगको युद्ध रोक्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आग्रह गरेका छन् । सी र पुटिनबीच रुसको राजधानी मस्कोमा भएको भेटमा उक्त प्रस्ताव गरेका हुन् । सीले युद्ध अन्त्यका लागि गरेको अपिललाई पुटिनले समनसाथ हेरेको भनेका छन् । बीबीसीले युद्ध रोक्ने...

कैलालीमा ट्याक्टर दुर्घटना, २ को मृत्यु, २६ घाइते

२०७९ चैत ७ गते ९:२६

कैलाली, ७ चैत– कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका वडा नम्बर ७ मा गए राति से १ च ८८७० नम्बरको ट्रलीसहितको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य २६ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी घाइते...

आज घोडे जात्रा, उपत्यकामा सार्वजनिक बिदा

२०७९ चैत ७ गते ९:२४

काठमाण्डु, ७ चैत– चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी काठमाडौँ उपत्यकामा मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले...

जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

२०७९ चैत ६ गते १८:२५

काठमाण्डु,६ चैत– रौतहटमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मूत्यु हुनेमा चन्द्रपुर नगरपालिका–४ घर भएकी ४५ वर्षीया मिना बलम्पाकी मगरकी छन । धनसर जंगलमा घाँस काट्न गएका बेला उनलाई सोमबार जंगली हात्तीले आक्रमण गरेको प्रहरीले बताएको छ ।हात्तीको आक्रमणबाट उनको घटनास्थलमै...

प्रधानमन्त्री प्रचण्डले पाए दोस्रो पटक विश्वासको मत

२०७९ चैत ६ गते १७:४७

काठमाण्डु,६ चैत– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत प्रप्त गरेका छन । आज (सोमबार) प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाए । ८९ सांसदले उक्त प्रस्तावको विपक्षमा मतदान गरेका थिए । १...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us