फ्रान्सेली फुटबल टोलीको कप्तानमा एम्बाप्पे नियुक्त

काठमाण्डु टुडे २०७९ चैत ७ गते १२:३४ मा प्रकाशित

काठमाण्डु ,७ चैत -फ्रान्सको राष्ट्रिय फुटबल टोलीको कप्तानमा एम्बाप्पे नियुक्ति भएका छन् ।

टोटनह्यामका गोलकिपर ह्युगो लोरिसले कप्तानीबाट अवकाश लिएसँगै एम्बाप्पेले कप्तानको जिम्मेवारी पायका हुन् ।पीएसजीका फरवार्ड एम्बाप्पेले नयाँ जिम्मेवारी स्वीकार गर्न तयार भएको फ्रान्सेली सरकारी च्यानल फ्रान्स २४ ले उल्लेख गरेको छ ।

फ्रान्सको राष्ट्रिय टोलीको जर्सी लाएर ६६ खेल खेलेका एम्बाप्पेले कप्तानको रूपमा पहिलो खेल युरोकप २०२४ को छनौट खेलको लागी नेदरल्याण्डसँग हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us