
एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङले युक्रेनसँगको युद्ध रोक्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आग्रह गरेका छन् ।
सी र पुटिनबीच रुसको राजधानी मस्कोमा भएको भेटमा उक्त प्रस्ताव गरेका हुन् । सीले युद्ध अन्त्यका लागि गरेको अपिललाई पुटिनले समनसाथ हेरेको भनेका छन् । बीबीसीले युद्ध रोक्ने चीनको प्रस्तावलाई मस्कोले सकारात्मक रुपमा लिएको जनाएको छ ।
चीन–रुस असल रणनीतिक साझेदार भएकले दुई मुलुकबीचको सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए । भेटमा दुई विश्व नेताबीच रुसको आगामी राष्ट्रपतीय निर्वाचनबारे समेत छलफल भएको थियो । सीले निर्वाचनमा पुटिनको सफलताको कामना गरे ।