कैलालीमा ट्याक्टर दुर्घटना, २ को मृत्यु, २६ घाइते

काठमाण्डु टुडे २०७९ चैत ७ गते ९:२६ मा प्रकाशित

कैलाली, ७ चैत– कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका वडा नम्बर ७ मा गए राति से १ च ८८७० नम्बरको ट्रलीसहितको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी अन्य २६ घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी घाइते भएका भजनी नगरपालिका–९ का अन्दाजी १५ वर्षीया चाहाना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको उपचारका क्रममा मृत्यु भएको छ ।
अन्य घाइतेको घोडाघाडी अस्पताल र बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ ।

कैलालीको सुगरखालबाट भजनीतर्फ गइरहेको उक्त ट्याक्टर गुडिरहेकै अवस्थामा अनियन्त्रित भई सडकमै पल्टिएर दुर्घटना भएको हो ।

चालक भजनीका सुरज चौधरीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us