
काठमाण्डु, ७ चैत- मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला दुई सय रुपैयाँ मात्र कम हो।सोमबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १३ सय ३० रुपैयाँमा किनबेच भएको थियो।