
काठमाण्डु,६ चैत– रौतहटमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मूत्यु हुनेमा चन्द्रपुर नगरपालिका–४ घर भएकी ४५ वर्षीया मिना बलम्पाकी मगरकी छन ।
धनसर जंगलमा घाँस काट्न गएका बेला उनलाई सोमबार जंगली हात्तीले आक्रमण गरेको प्रहरीले बताएको छ ।हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमाशंकर यादवले जानकारी दिएका छन ।
महिलाको टाउको र शरीरको बीच भागमा हात्तीले कुल्चेको उनले बताएका छन । शव पोष्टमार्टमका लागि चन्द्रपु स्थित सरकारी अस्पतालमा राखिएको प्रहरीले बताएको छ ।