काठमाण्डु,१६ चैत – अर्थविद् डा. स्वर्णिम वाग्लेले कांग्रेस छोडेका छन् । कांग्रेस नेताहरूलाई पत्र पठाएर वाग्लेले पठाएर पार्टी छाडेको जानकारी दिएका छन । १० वैशाख तनहुँ–१ मा हुने उपनिर्वाचनमा तनहुँ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने तयारीपछि वाग्ले कांग्रेसबाट अलग भएको बताएका छन...
काठमाण्डु,१६ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रवक्ता मुकुल ढकालले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई तनहुँबाट उपचुनाव उम्मेदवार बनाउन कुरा भइरहेको जानकारी दिएका छन । ढकालले आफ्नो दलको तर्फबाट वाग्लेसँग कुरा भइरहेको बताएका छन । उनले स्वर्णिम रास्वपाको कुरा भइरहेको बताइएका छन । वाग्लेले ४ मंसिरको चुनावमा...
काठमाण्डु,१६ चैत– राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले मिटरब्याजीहरुलाई संरक्षण नगर्न राजनीतिक दललाई आग्रह गरेकी छन् । आज (बिहीवार)को राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन । उनले मिटरब्याजीहरुलाई राजनीतिक दलका कार्यकर्ताले संरक्षण गरिरहेको भनेर पीडितहरुले भनेका भन्दै त्यसरी संरक्षण नगर्न आग्रह गरेकी...
काठमाण्डु,१६ चैत– सरकार र मिटरब्याज पीडित किसानबीच आज बिहिबार गृह मन्त्रालयमा भएको वार्ता पुनः बस्ने गरी सकिएको छ । वार्तामा सरकार र मिटरब्याज पीडितले आआफ्नो धारणा प्रस्तुत गरेका थिए । अर्को वार्ता बिहीबार नै साँझ ६ बजे बस्ने मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोज पासवानले...
काठमाण्डु,१६ चैत– कांग्रेस नेता जीतनारायण श्रेष्ठले १० वैशाखमा चितवन–२ मा हुने उपनिर्वाचनमा आफूले जित्ने बताएका छन । आज (बिहीबार) पार्टी केन्द्रीय कार्यलयमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले नेता श्रेष्ठलाई चितवन–२ बाट उम्मेदवार बनाउने निर्णय गरेको थियो । त्यसपछि पत्रकारहरुसँग कुरा गर्दै उनले ४ मंसिरमा...
काठमाण्डु,१६ चैत– राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकारमा कांग्रेस नेता सुनिल थापा नियुक्त भएका छन । राष्ट्रपतिका परराष्ट्र सल्लाहकार डा. सुरेश चालिसेले पूर्व मन्त्री थापा राजनीतिक सल्लाहकार नियुक्त भएको जानकारी दिएका छन । कांग्रेसका पूर्व सहमहामन्त्री थापा हिले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका छन...
काठमाण्डु,१६ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरूले देशमा अस्थिरता हुने बताएका छन । आज राम नवमीको अवसरमा काठमाण्डुको बत्तिसपुतलीस्थित राम मन्दिरमा दर्शनका लागि पुगेका उनले यस्तो बताएका हुन । उनले अहिले देशमा व्यक्ति, पार्टी र सत्ता...
काठमाण्डु,१६ चैत– कांग्रेसले मन्त्री छान्ने जिम्मा पूर्व प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । आज (बिहीबार) बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले मन्त्री छनोटको जिम्मेवारी सभापति देउवालाई दिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन । देउवाले सबैसँग सल्लाहकार...
काठमाण्डु,१६ चैत– नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बन्ने पक्का भएको छ । आज बिहिबार बुलेका भुसालले मन्त्रीको सपथ लिने भएका हुन् । नेता भुसालले आफू शिक्षा मन्त्री बन्न लागेको बताएका छन । राष्ट्रियसभा सदस्य समेत रहेका भुसाल अर्घखाँचीको...
काठमाण्डु,१६ चैत– गृह मन्त्रालयमा सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच वार्ता जारी । सरकारको तर्फबाट गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र संघर्ष समितिको तर्फबाट मनोज कुमार पासवान नेतृत्वको टोली वार्तामा सहभागी रहेका छन । संघर्ष समितिले वार्ता र आन्दोलन सँगसँगै अघि बढाउने बताएका छन...
काठमाण्डु,१६ चैत– कांग्रेसले १० वैशाखमा तनहुँ–१ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन मा गोविन्द भट्टराई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज (बिहिबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले भट्टराई लाई उम्मेदवार बनाउने निर्णय गरेको हो । यसअघिका प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल...
काठमाण्डु,१६ चैत– कांग्रेसले १० वैशाखमा चितवन–२ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज (बिहिबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी चितवनका पूर्वजिल्ला सभापतिसमेत हुन् । यसअघिका...