बेदुराम भुसाल बन्ने भए शिक्षा मन्त्री !

काठमाण्डु टुडे २०७९ चैत १६ गते १२:२५ मा प्रकाशित

काठमाण्डु,१६ चैत– नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बन्ने पक्का भएको छ । आज बिहिबार बुलेका भुसालले मन्त्रीको सपथ लिने भएका हुन् ।

नेता भुसालले आफू शिक्षा मन्त्री बन्न लागेको बताएका छन । राष्ट्रियसभा सदस्य समेत रहेका भुसाल अर्घखाँचीको हर्रेबर्रे काण्डमा १२ वर्ष जेल जीवन विताएका नेता हुन् ।

भुसालले जनताको बहुदलीय जनवादमा विद्यावाधि गरेका छन । समाजवादीका उमहासचिव प्रकाश ज्वालालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा बनाउने तयारी गरेको छ ।

नेकपा माओवादी केन्द्रबाट उपप्रधान तथा भौतिक मन्त्री बनेका नारायणकाजी श्रेष्ठ गृह मन्त्रालयमा जाने भएपछि ज्वाला भौतिक मन्त्री बन्ने पक्का भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us