
काठमाण्डु,१६ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरूले देशमा अस्थिरता हुने बताएका छन ।
आज राम नवमीको अवसरमा काठमाण्डुको बत्तिसपुतलीस्थित राम मन्दिरमा दर्शनका लागि पुगेका उनले यस्तो बताएका हुन । उनले अहिले देशमा व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरू बढेको बताएका छन ।
उनले देशमा शान्ति, स्थायित्वको लागि सरकार स्थिर हुन जरुरी रहे पनि तत्काल स्थिरताको कल्पना गर्न सक्ने अवस्था नरहेको बताएका छन । लिङ्देन देश अझै अस्थिरताको बाटोतर्फ जाने सङ्केत देखिएको बताएका छन ।
उनले देशलाई स्थिरता दिन सबै एकजुट हुनुको विकल्प नरहेको पनि बताएका छन । उनले सरकार सांस्कृतिक सम्पदाहरूको संरक्षणमा गर्ने जिम्मेवारीबाट भाग्न खोजेको भन्दै सरकारले आफ्नो दायित्वबाट पन्छिने कुरा सह्य नहुने चेतावनी दिएका छन ।
अध्यक्ष लिङ्देनले आफू सरकारमा रहँदा वि. सं. २०८० सालबाट राम नवमीका दिनमा सार्वजनिक बिदा दिने निर्णय गराएको पनि बताएका छन ।